काठमाण्डौ । सनराइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना गरेको छ । 

सो शाखा कार्यालयको समुद्घाटन बुधबारका दिन एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।

सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गँुरागाई, ई.बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति थियो ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप बिस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने बैंकको दाबी छ । 

हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ७२ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।