काठमाण्डौ । दक्षिण एसियाली लेखा व्यवसायी महांसघ (साफा) बाट नेपालका ४ बैंक सम्मानित भएका छन्। 

राजधानीमा नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाको आयोजनामा भएको अन्तर्राष्ट्रिय कर तथा डिजिटल करेन्सीसम्बन्धी कन्फेरेन्स र बीपीए अवार्ड कार्यक्रममा ३ वाणिज्य बैंक र एक विकास बैंक सम्मानित भएका हुन्।

सिद्धार्थ बैंक, मेगा बैंक, सनराइज बैंक र मुक्तिनाथ विकास बैंकलाई साफाले उत्कृष्ट वित्तीय प्रतिवेदन पुुरस्कार प्रदान गरेको हो। जसमा प्राइभेट सेक्टर बैंकअन्तर्गत सिद्धार्थ, मेगा र सनराइन बैंक र फाइनान्सियल सर्भिसअन्तर्गत मुक्तिनाथ सम्मानित भएका छन्। 

त्यसैगरी उत्कृष्ट वित्तीय प्रतिवेदन भएका बोटलर्स नेपाल पनि सम्मानित भएको छ। साफाले कर्जा सूचना केन्द्रलाई पनि बीपीए अवार्डबाट सम्मान गरेको छ। 

साफाले दक्षिण एसियाका अन्य मुलुकका संघसंस्थालाई पनि उक्त अवार्ड प्रदान गरेको थियो।