काठमाण्डौ । सामलिङ्ग पावर कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २१ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।
सभाले सञ्चालक समितिको कायम संख्या ११ जनाबाट घटाई ७ जना कायम गर्न नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सोही सभाले सर्वसाधारण समूह ‘ख’ बाट १ जना र ‘ग’ बाट १ जना गरी २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19