काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बम्पर लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाले चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि गरेको छ ।

संस्थाको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३२ प्रतिशतले हुन आउने ३ करोड २० लाख रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयर कर प्रयोजनार्थ संस्थाले १.६८ प्रतिशतले हुन आउने १६ लाख ८४ हजार २१० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाले चुक्तापुँजीको २ः१ अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

प्रस्तावित लाभांश र हकप्रद सेयर निष्कासन नेपाल राष्ट्र बैंक स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने संस्थाले जनाएको छ ।