काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

संस्थाले सार्वजनिक गरेको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा यो संस्थाले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। 

दोस्रो त्रैमासमा संस्थाले ३६ करोड २ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ९७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ११ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष ४ करोड ४७ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा २ अर्ब २५ करोड रुपैयाँ सापटी लिई संस्थाले ३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८८ करोड ७७ लाख रुपैयाँ सापटी लिई १ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार भने ३१९.७६ प्रतिशतले बढाएर १५ करोड ४७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ३ करोड ६८ लाख रुपैयाँमात्र थियो।

संस्थाको चुक्तापुँजी २३ करोड ५३ लाख रुपैयाँ रहेको छ। 

सारथी लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४३.५० रुपैयाँ रहेको छ। ईपीएस २५.७५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६५.७४ रुपैयाँ रहेको छ।