काठमाण्डौ । सार्वजनिक यातायातका लागि उत्कृष्ट विश्वका सहरहरुको सूची सार्वजनिक भएको छ।
लन्डनबाट प्रकाशन हुने ‘टाइम आउट’ नामक पत्रिकाले सार्वजनिक यातायातका लागि उत्कृष्ट विश्वका सहरहरुको सूची सार्वजनिक गरेको हो। विश्वका ५० भन्दा बढी सहरमा २० हजारभन्दा बढी व्यक्तिसँगको सर्वेक्षणबाट यो सूची टाइम आउटले तयारी परेको हो।
सार्वजनिक यातायातका लागि उत्कृष्ट विश्वका १० सहरमा धेरैजसो युरोप र एसियाका सहर परेका छन्। यो सूचीको पहिलो नम्बरमा जर्मनीको बर्लिन परेको छ।
यसैगरी यो सूचीको दोस्रो स्थानमा प्रग सहर परेको छ। यो चेक रिपब्लिकमा पर्छ। तेस्रो स्थानमा जापानको टोकियो सहर रहेको छ।
त्यस्तै चौथोदेखि दसौँ स्थानसम्म क्रमशः कोपनहेगन (डेनमार्क), स्टकहोल्म (स्विडेन), सिंगापुर, हङकङ, ताइपेई (ताइवान), सांघाई (चीन) र एम्स्ट्रेडम (नेदरल्यान्ड्स) छन्।
सार्वजनिक यातायातका लागि उत्कृष्ट सहरको सूचीमा बेलायतको लन्डन ११ औँ स्थानमा र अमेरिकाको न्युयोर्क १५ औँ स्थानमा परेको छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago