काठमाण्डौ । साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भई नयाँ बोनसदर घोषणा गरेको हो । 

साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट संयुक्त रुपमा जीवन बीमा कारोबार सुरु गरेपनि साविकका कम्पनीहरुले सो आर्थिक वर्षको लागि छुट्टाछुट्टै बोनसदर निर्धारण गर्नुपर्नेछ । साविक गुराँस लाइफले विभिन्न बीमालेखमा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखमा न्युनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

१५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढि अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४४ हजार ४२४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८ सय ९९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

यसका साथै अग्रिम भुक्तानी सावधिक बीमालेखमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६०७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

त्यस्तै, बार्षिक नगद फिर्ता योजना अन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी बिक्री भएको पाइन्छ । यस योजना ७ हजार ११३ वटा बिक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

यता गुराँस सुरक्षित भविष्य जीवन बीमा योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३५२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै ३० वर्षे गुराँस रक्षक(सीमित भुक्तानी)गुराँस सावाधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ बोनसदर, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनसदर, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ बोनसदर कायम गरेको छ, भने २५ वर्ष अवधिभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।