काठमाण्डौ । साविक रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ ।
साविक सानिमा लाइफ इन्स्योरेन्ससँग मर्ज भएको रिलायन्स लाइफले आर्थिक वर्ष २०७८–७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको हो ।
प्राधिकरणबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने ‘बोनस आर्जन गर्ने’ सम्पुर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।
मर्ज भएर सानिमा रिलायन्स लाइफ भइसकेतापनि आर्थिक वर्ष २०७८–७९ को बीमाङ्कीय मुल्यांकन प्रतिवेदनका आधारमा सो आर्थिक वर्षका लागि साविकका कम्पनीहरुले आ–आफ्ना बीमितहरुका लागि छुट्टाछुट्टै बोनसदर निर्धारण गर्नुपर्नेछ ।
यसअघि साविक सानिमा लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि बोनसदर घोषणा गरिसकेको छ । साविक रिलायन्स लाइफले जारी गरेका ७ किसिमका बीमा योजनाहरुमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
मुद्दति सुरक्षण बीमा योजना( नियमित शुल्क) योजनामा कम्पनीले ९ वर्ष अवधिको योजनामा प्रतिहजार २४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रतिहजार २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले २४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले २४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा धेरै अवधिको योजना खरिदकर्ताले भने प्रतिहजार २४ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस योजनामा सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको बीमा लेख बिक्री भएको छ । यस बीमा लेख ६ हजार ०१५ वटा बिक्री भएको छ ।
साथै मुद्दती सुरक्षण बीमा योजना (एकल शुल्क)मा ९ वर्ष अवधिको यस योजना खरिद गरेका बीमितले प्रतिहजार ५४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रतिहजार ५४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले ५४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले ५४ रुपैयाँ र २५ वर्ष वा सोभन्दा धेरै अवधिको योजना खरिदकर्ताले भने प्रतिहजार ५४ रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् ।
१० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले ३० रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि पनि ३० रुपैयाँ बोनस पाइने छ ।
साथै सामुहिक सावधिक योजनामा ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार १९ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रतिहजार १९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले १९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले १९ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि पनि प्रतिहजार १९ रुपैयाँ बोनस पाइनेछ ।
त्यस्तै, सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथिले ६० रुपैयाँ बोनस पाइनेछ ।
यता सावधिक बमिा योजना अन्तर्गत ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् ।
१० देखि १४ वर्ष अवधिको बीमा योजना खरिदकर्ताले प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिदकर्ताले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिदकर्ताले ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै, कम्पनीले सीमित भुक्तानी सावधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिवर्ष ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19