काठमाण्डौ । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६- न यति न उति सिधै लखपति” योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक–टेलिमनिबाट पैसा पठाई बम्पर उपहार रु १०,००,००० को लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् । 

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसका प्रबन्धनिर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत विजेता घोषणा गरिएको हो । 

उपहार योजना अवधिर हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ९०० जनाले रु २००को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले १० हजार रुपैयाँ नगद र ३ जनाले १ लाख दरले नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।

यो योजना अन्तर्गत हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एकलाख रपैयाँ र अन्तमा एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ बम्पर उपहारको रुपमा पाउने प्रावधान राखिएको थियो । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैं, तिहार र छठ्लाई लक्षित गरी यो वर्ष  “लखपति एक्सप्रेस २०७६- न यति न उतिसिधै लखपति” योजना सार्वजनिक गरेको थियो । 

यो योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए।

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभर आफ्ना रेमिट एजेन्टहरु तथा ७५०० भन्दा बढी नेपालका एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।