काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–२ को साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ११.४० रुपैयाँ कायम भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो फन्डको न्याभ गत महिना असारको तुलनामा ३१ पैसाले बढेको हो। गत महिना न्याभ ११.०९ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेड रहेको यो सातवर्षे फन्डको कुल नाफा १ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो महिना पनि यो फन्डको कुल नाफा ६ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म ४८ करोड ४९ लाख रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा १४.५० प्रतिशतले कम हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी ४२ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

साउन मसान्तसम्म यो फन्डले सूचीकृत धितोपत्रमा ३९ करोड ५६ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा ५२ लाख ३६ हजार रुपैयाँ र स्थिर आय उपकरणमा ८ करोड ४० लाख रुपैयाँ लगानी रहेको छ। अघिल्लो महिना सूचीकृत धितोपत्रमा ३३ करोड ७६ लाख रुपैयाँ, सूचीकृत हुन बाँकी धितोपत्रमा १८ लाख ४२ हजार रुपैयाँ र स्थिर आय उपकरणमा ८ करोड ४० लाख रुपैयाँ लगानी रहेको थियो। 

यो फन्डले १७ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, दुईवटा वित्तीय संस्था, एउटा जलविद्युत् कम्पनी, ५ वटा जीवन बीमा कम्पनी, ८ वटा लघुवित्त कम्पनी, ७ वटा निर्जीवन बीमा कम्पनी, २ वटा अन्य समूहका कम्पनी, ३ वटा सामूहिक लगानी कोष र ४ वटा बन्ड तथा डिबेन्चरमा लगानी गरेको छ। 

यो फन्डले २ वटा वाणिज्य बैंकको संस्थापक सेयर, २० वटा वाणिज्य बैंकको साधारण सेयर र एउटा वाणिज्य बैंकको अग्राधिकार सेयरमा लगानी गरेको छ। 

यसैगरी फन्डले ९ वटा विकास बैंक, १९ वटा लघुवित्त संस्था, ४ वटा फाइनान्स कम्पनी, १२ वटा जलविद्युत् कम्पनी, ५ वटा जीवन बीमा कम्पनी, एउटा निर्जीवन बीमा कम्पनीको संस्थापक सेयर र ९ वटाको साधारण सेयर, २ वटा होटेल, १० वटा सामूहिक लगानी कोष, २ वटा अन्य समूहका कम्पनी र २ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनीमा लगानी गरेको छ।