काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस २६ गते) अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी योग्य हुनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांस वितरणको घोषणा गरेको छ । प्रस्तावित लाभांस कम्पनीको आगामी माघ १४ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।