काठमाण्डौ । अल अन्सारी(क्यास एक्सप्रेस) युएई तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही २०१७ को फेब्रुअरी महिनादेखि आपसी रूपमा रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । 

यो सम्झौताबाट अल अन्सारी(क्यास एक्सप्रेस)को नेपालमा सञ्जाल बिस्तार भएको छ र आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्न सकिने छ, साथै सिटी एक्सप्रेसको सेवामा पनि नयाँ आयाम थपिएको छ । 

अल अन्सारीका महाप्रबन्धक रसिद अल अन्सारीले भने –‘अल अन्सारी(क्यास एक्सप्रेस)ले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ, जसबाट यूएईमा रहेका लाखौ नेपालीले बिना झञ्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स प्राप्त गर्न सकून् ।”

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने–“यूएईको सबैभन्दा बढि सञ्जाल भएको रेमिटान्स सेवा प्रदायक अल अन्सारीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले यूएई लगायत क्यास एक्सप्रेसबाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी  भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।”

अल अन्सारी(क्यास एक्सप्रेस) यूएई मनी ट्रान्सफरको व्यवसायको  लागी पूर्ण अनुमतिपत्र प्राप्त गरी कारोबार संचालन गरिरहेको छ । अल अन्सारी विगत ६० वर्षदेखि सञ्चालनमा छ। 

नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले नेपालका हरेक कुनामा सेवा पुर्याई जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्राउने सेवा उपलब्ध गराउँछ ।