city express money transfer
                                    काठमाण्डौ । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्तासँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “उत्सव एक्स्प्रेस” उपहार योजना घोषणा गरेको छ।
सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टीसर्ट र किरिङ उपहार स्वरूप जित्न सक्नेछन् । त्यसैगरी, साप्ताहिक रुपमा एकजना बिजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एकजनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।
उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर।एक्स।एल। कार जित्न सक्नेछन् । कम्पनीकाअनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो “उत्सव एक्स्प्रेस” अफर भाद्र १८ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागूू हुनेछैन ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19