काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सोमबारदेखि कारोवार शुरु गर्ने गरी सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आबद्ध गराएको छ । 

यस प्रणालीमार्पmत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । 

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिलभुक्तानी, प्रीमियमभुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलबभुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । 

नेपाल राष्ट्रबैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग डाइरेक्स मेम्बर र अन्य ३ कम्पनीसँग इन्डाइरेक्ट तथा टेक्निकल मेम्बरको रुपमा सम्झौता गरिसकेको छ ।