काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर  र ईसेवाबीच रेमिटान्स कारोबार सुरु भएको छ । 

एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डन र ईसेवाका तर्फबाट प्रमुखकार्यकारी  अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपालभर रहेका ७,००० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै  ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।

यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनका लागि छिट्टै सिटी एक्सप्रेसको अन्तराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ईसेवा खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि बिश्वभरका आफ्ना रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।