काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडमा दुई कार्यकाल पूरा गरेका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सुरेन्द्र भण्डारीको अर्को कार्यकाल पनि थप गरिएको छ । 

बैंक संचालक समितिको हालै बसेको बैठकले भण्डारीलाई थप एक कार्यकाल सीइओमा निरन्तरता दिने निर्णय गरेको हो । 
बैंकका सीइओको एक कार्यकाल ४ वर्षको हुने प्रावधान अनुसार आगामी ४ वर्षे कार्यकालका लागि भण्डारीलाई तेश्रोपटक निरन्तरता दिइएको हो । 

सुरेन्द्र भण्डारीले सन् १९८५ मा नेपाल बैंक लिमीटेडबाट आफ्नो बैकिङ करिअर सुरु गरेका थिए । सो बेला उनी प्रोभिजनल अफिसरको रुपमा सो बैंकमा प्रवेश गरेका हुन् । सन् २००० मा उनी कुमारी बैंकको अफर बमोजिम सो बैंकको सीइओ भएका थिए । त्यहाँ ८ वर्ष काम गरेका उनले सन् २००८ बाट चाहि सिद्धार्थ बैंकमा सीइओको रुपमा कार्य थालेका हुन् । 

उनले गड्वाल यूनिभर्सिटीबाट कमर्समा ग्राजुएट र विजिनेश म्यानेजमेन्टमा देहरादूनबाट पोस्ट ग्राजुएटको पढाई पूरा गरेका छन् ।