काठमाण्डौ । सिद्धार्थ बैंकले प्रदान गर्दै आएको विभिन्न कार्ड सेवाहरु डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी इएमभी चिप कार्डको रुपमा संचालनमा ल्याएको छ । 

बैंकले अब उपरान्त ग्राहकहरुलाई इएमभी चिप कार्ड उपलब्ध गराउनुको साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्टिप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि इएमभी चिप कार्डले प्रतिस्थापन गर्ने बैंकले जनाएको छ । 

विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक कार्डहरुमा रहेका कमजोरीहरुलाई हटाउन बैंकले नयाँ इएमभी चिप कार्ड प्रविधि संचालनमा ल्याइएको प्रष्ट्याएको छव । 

बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत समेत गराउँदै आएको छ । 
इएमभी चिप कार्डले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउने बैंकको दाबी छ । 

हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी पिओएस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।