काठमाण्डौ । कार्यकाल पूरा नहुँदै प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले राजीनामा दिएपछि सिद्धार्थ बैंक लिमीटेडले डेपुटी सीइओ शम्भुनाथ गौतमलाई कायमुकायम सीइओको जिम्मेवारी दिएको छ । 

बैंक संचालक समितिको जेठ २२ गते बसेको बैठकले सीइओ भण्डारीको राजीनामा स्वीकृत गर्दै कामुु सीइओमा गौतमलाई नियुक्त गरेको हो । 

गौतमले कामु सीइओको रुपमा जेठ २३ गते मंगलबारदेखि जिम्मेवारी सम्हाल्नेछन् । 

भण्डारीलाई चार वर्षका लागि बैंकले नियुक्त गरेको बिषयमा राष्टबैंकले स्पष्टीकरण सोधेपछि उनी ३ वर्ष कार्यकाल छँदै राजीनामा दिएर हिँड्न बाध्य भएका थिए । भण्डारीलाई कुमारी बैंकले सीइओमा नियुक्त गरिसकेको छ ।