काठमाण्डौ । सिद्धार्थ बैंक इएमभी चिप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ ।
सिद्धार्थ बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो ।
विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्राइप भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चिप कार्डमा स्तरोन्नति गर्दै आएको थियो ।
यो सफलतासँगै अब बैंकको एटीएम र पिओएसले पनि कार्डमा रहेको इएमभी चिपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चिप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्राइप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्यूनिकरण हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकाहरुको बारेमा समय–समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको छ। साथै नगदरहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि १०२ एटीएम, १ मोबाइल एटीएम र ५५० भन्दा बढी पिओएस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago