काठमाण्डौ । सिद्धार्थ बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच कर्मचारिको दक्षता अभिबृद्धि सम्बन्धी विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मिति २०७४ कात्र्तिक ८ गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र सिद्धार्थ बैंक बीच सम्झौतापत्रमा हस्ताक्षर भयो । जस अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ । 

यस सम्झौता अनुसार सिद्धार्थ बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको तालिम वार्षिक रुपमा आफ्ना कर्मचारीहरुका लागि संचालन गराउनेछ । 

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा बीच हस्ताक्षर भएको छ ।