Siddhartha Bank Limited
काठमाण्डौ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा सिद्धार्थ बैंकले पछिल्लो पटक फागुन १६ गतेदेखि नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका र कपिलबस्तुको यशोधरा गाउँपालिकामा शाखा संचालन शुरु गरेको छ । यससंगै बैंकका तीन वटा एक्स्टेन्सन काउन्टर सहित १०० वटा शाखा सञ्जाल पुगेको छ ।
बैंकका सबै शाखाहरुबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सकिनेछ ।
विस्तारित शाखा सञ्जालबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले सम्भाब्यताको आधारमा क्रमैसंग आफ्नो शाखाहरु विस्तार गरिरहेको छ । निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ ।
अब देशभर बैंकका १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटीएम र ६८७ वटा पिओएस मेसिन मार्फत् सेवा प्राप्त गर्न सकिनेछ ।
आर्थिक वर्ष २०७४/०७५ को माघ मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५ करोड र कर्जा लगानी रु.७८ अर्ब ५६ करोड गरेको छ भने कुल संचालन मुनाफा रु. १ अर्ब २७ करोड रहेको छ।
*यसअघिको समाचारमा सिद्धार्थ बैंक हुनुपर्नेमा भूलवश अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago