एबीबीएस शुल्कको नाममा लिम्बूबाट रकम असूली बैंकले दिएको रिसिप्ट ।
-भक्तराज रसाइली
काठमाण्डौ । सुनसरीको धरानस्थित सिद्धार्थ बैंकको शाखाले नेपाल राष्ट्रबैंकको नीतिविपरीत एबीबीएस चार्जका नाममा एक ग्राहकसँग ठगी गरेको भेटिएको छ ।
धरान–११ निवासी चन्द्रबिक्रम लिम्बूले आज(सोमबार) सिद्धार्थ बैंकको धरान शाखाबाट सिद्धार्थ बैंकको चावहिल शाखामा पार्वती श्रीसका नाममा नगद ४ लाख पठाउँदा निजसँग रु २०० रुपैयाँ असूलेर ठगी गरिएको पाइएको हो ।
‘कैयन बैंकको एउटा शाखाबाट अर्को शाखामा पैसा पठाइयो, कहीँ पनि शुल्क तिर्नुपरेन ।’ लिम्बूले बिजशालासँग भने–‘तर, सिद्धार्थ बैंकले भने नियम नै यस्तै छ भनेर असूल्यो । पछि बुझ्दै जाँदा पो यस्तो शुल्क तिर्नु नपर्ने रहेछ भन्ने थाहा पाइयो, मलाई बैंकले ठगेको रहेछ ।’
धरानस्थित सिद्धार्थ बैंकका शाखा प्रबन्धक गणेश गुरागाईंले आफ्नो बैंकको केन्द्रीय कार्यालयको सर्कुलर अनुसार नै एबीबीएस शुल्क असूलेको जिकिर गरे । उनले भने–‘अरु बैंकले पनि लिन्छन् र हामीले पनि लिन्छौ । राष्ट्रबैंकको नियम थाहा भएन, हामीलाई हेड अफिसबाट आएको सर्कुलर अनुसार काम गरेका हो ।’
यस विषयमा नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलसँग बुझ्दा एबीबीएसको नाममा बैंकले कुनै पनि शुल्क लिन नपाउने व्यवस्था रहेको प्रष्ट्याए । कुनै बैंकले यो सेवाको नाममा ग्राहकबाट रकम असूलेको भए र त्यस्तो उजुरी आए केन्द्रीय बैंकले कारबाही गर्ने उनले बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19