काठमाण्डौ । सिद्धार्थ बैंकले अर्को म्युचुअल फण्ड निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बैंकले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ नामको म्युचुअल फण्ड निश्कासनका लागि बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले यो म्युचुअल फण्ड अन्तर्गत १ अर्ब ४ करोड रुपैयाँ बराबरको १० रुपैयाँ दरका १४ करोड इकाई सार्वजनिक निश्कासन गर्न चाहेको छ ।

कम्पनीको पहिलो म्युचुअल फण्ड ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–१’ २०७४ पुसमा परिपक्व भएको थियो । परिपक्व हुँदा यो स्किमको प्रति इकाई खूद बजार मूल्य २१ रुपैयाँ ३३ पैसा रहेको थियो । यो स्किमले वार्षिक रुपमा लगानीकर्तालाई निकै राम्रो लाभांश समेत वितरण गरेको थियो ।

बैंकका बाँकी २ वटा स्कीम समेत संचालनमा छन् । बैंकले संचालन गरेका दुई म्युचुअल फण्डमध्ये सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको माघ अन्तिमसम्मको न्याभ १०.५१ रुपैयाँ छ भने सिद्धार्थ इक्वीटी फण्डको न्याभ १०.६२ रुपैयाँ छ । पहिलो फण्ड १ अर्बको हो भने दोश्रो १ अर्ब ५० करोडको हो ।