काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले 'जीवन सुरक्षा बचत खाता योजना' सञ्चालनमा ल्याएको छ । 

अधिकतम ब्याजदरमा बचत सँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न यो योजना बैंकले सार्वजनिक गरिएको बताएको छ । 

घरबाटै अनलाइन पनि खोल्न सकिने यस खाताका प्रमुख आकर्षणहरूमा, रु २६ लाखसम्मको बीमायोजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमायोजना, १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा योजना र नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने लगायतका छन् । 

हाल यो बैंकको देशभर १५३ वटा शाखा(४ एक्सटेन्सन काउण्टरसहित), १०० शाखारहित बैंकिङ इकाई, १६१ एटीएम र १३०० भन्दा पस मेसिनको सञ्जाल रहेको छ।