काठमाण्डौ । सिद्धार्थ बैंकले बैशाख २५ गते बुधबार काठमाण्डौैको काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरीयामा एकैदिन चार शाखाहरुको औपचारिक उद्टघान गरेको छ ।
 
बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उप(महानगरपालिकाका मेयर निर्पबहादुर ओड र अत्तरीया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदबाट भएको थियो।
 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटीएम  र १,३०० भन्दा बढी पस मेसिन मार्फत् बैंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।