काठमाण्डौ । सिद्धार्थ बैंकले बैशाख २६ गते बिहिबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीस्थित तीन शाखाहरुको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 

बैंकको इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईले गरेका बैंकले जनाएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।