Synergy Finance Ltd.
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले सेयरधनीलाई ७० प्रतिशत हकप्रदको भारी बोकाउने भएको छ ।
यो फाइनान्स कम्पनीको असोज ८ गते सम्पन्न बोर्ड बैठकले १ बराबर ०.७ को अनुपातमा(७० प्रतिशत) हकप्रद निश्कासनको निर्णय गरेको हो ।
हाल यो कम्पनीको चुक्तापूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर ८० करोड ६४ लाखको उचाईमा पुुग्नेछ ।
यसैबीच, पूँजीवृद्धिका लागि सेयरधनीलाई हकप्रदको भारी बोकाउने निर्णय गरेको सिनर्जी फाइनान्सको असोज ८ गतेकै बोर्ड बैठकले झपटबहादुर बोहोराले संचालक समिति अध्यक्ष तथा उमेशलाल श्रेष्ठ, शशीराज बज्राचार्य, अनुुभव ध्वजूू र चन्द्रलोकप्रसाद श्रेष्ठले संचालक समितिको पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।
यो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १८ करोड ११ लाख खूद नाफा आर्जन गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago