काठमाण्डौ । प्रभू बैंकले बुधबारदेखि सिन्धुली बजारमा आफ्नो नयाँ शाखा बिस्तारसँगै कारोबार सुरु गरेको छ । 

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले एक समारोहका बीच सो शाखाको औपचारिक उद्घाटन गरी कारोबार सुरुवात गरेका हुन् । 

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । 

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना छ । नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै ती स्थानका ग्राहकहरुले सरल र सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्ने बैंकको विश्वास छ ।