काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदार तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच माघ १५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरेका बैंकले जनाएको छ । 

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने योजना छ ।