काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
बैंकको आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैठकले बैंकको चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५ रुपैयाँको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार ६८२.२५ रुपैयाँबराबरको बोनस सेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७ ८ हजार ६३४.११ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago