काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी टकेडिङ्ग प्रा. लि. बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअनुसार सिप्रदी टकेडिङ्ग प्रा. लि.मार्फत सिफारिस भईआएका ग्राहकहरूले टाटाका विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन्। 

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी टकेडिङ्ग प्रा. लि.को तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका थिए ।