काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले आगामी जेठ ४ गते बोलाएको साधारणसभाबाट पारित हुने वोनस शेयर तथा यूनिकफाईनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्तिपश्चात कायम हुने चुक्तापूँजीको ३० प्रतिशतले हकप्रद जारी गर्नेछ ।

सोही हकप्रदका लागि लक्ष्मी क्यापिटललाई बिक्री/निष्काशन प्रबन्धक नियुक्त गरेको हो ।  सो सम्बन्धी सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गरे ।

हकप्रद शेयर जारीपछि र आ. व. २०७३/२०७४ को प्रक्षेपित बोनश शेयरबाट चुक्तापूँजी नेपाल राष्ट्र बैंकले तोके  बमोजिम ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।