काठमाण्डौ । सिभिल बैंक लिमिटेडले नयाँ बचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ ।
बैंकले यस बचत खातामा रु ७ लाखसम्मको दूर्घटना मृत्यू/अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको रु १ लाखसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ ।
यस योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।
न्यूनतम मौज्दात शून्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।
हालसालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक÷कर्मचारीहरुलाई रु ७ लाखसम्मको दूर्घटना मृत्यू÷अपांग बीमा तथा औषधोपचार खर्चका लागि रु १ लाखसम्मको बीमा गराउनुपर्ने नियम रहेकोमा बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ–संस्थालगायत ग्राहक लाभान्वित हुने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19