Civil Bank & Boom Remit
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्धनिर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे ।
यो सम्झौतासँगै खाडी मुलुकमा कार्यरत नेपालीहरु प्रत्यक्ष लाभान्वित हुने बंैकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।
बैंकले यसअघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, सम्सरा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजी लिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवा दिंदै आएको छ । यसबाहेक बैंकको आफ्नै रेमिट्यान्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ, जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्पmत रेमिट्यान्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमीटेडसँग मर्ज गरी एकीकृत कारोवार सुरु गरेको छ । सिभिल बैंक लिमिटेडले युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरीद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ, जसपछि चुक्तापुँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।
T-24 द्धनामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने प्रतिबद्धता जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago