civil bank rally
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरीे मनाएको छ ।
वार्षिकोत्सवको दिन पारेर बैंकले शुक्रबार वित्तिय साक्षरताका लागि प्रभातफेरीे आयोजना गर्यो भने बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान पनि भयो ।
बैंकले यो पटकको वार्षिकोत्सव एकहप्तासम्म देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरिसकेको छ । यो सप्ताहभित्र देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने बैंकले जनाएको छ ।
इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार सुरु गरिसकेको सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यी सबै संस्थासँगको मर्जर सकिएपछि बैंकको चुक्तापुँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।
यस बैंकले समाज प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधि र व्यवसाय वृृद्धि गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago