काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्स लिमिटेडसँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरे ।

अब सिभिल बैंकका ग्राहकहरुले आईएमई–पेमार्पmत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत  प्राधिकरण/ल्याण्डलाइन/एडीयसयल/डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्र्न सक्नेछन् ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशतको वृद्धि हो) कमाउन सफल बैंकको कुल शाखा संख्या ७० रहेको छ ।