काठमाण्डौ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
चैत २० गते एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे ।
सम्झौताअनुसार भाटभटेनी ग्रुपद्वारा प्रबर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ । साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago