काठमाण्डौ । 'समृद्धिका लागि सिभिल बैंक' भन्ने नारासहित अगाडि बढिरहेको सिभिल बैंक लिमिटेड अब आईएसओ ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको छ ।
सिभिल बैंकको सुन्धारास्थित कर्पोरेट अफिसमा बिहीबार आयोजित एक कार्यक्रमबीच यूआरएस युनाइटेड रजिस्टार अफ सिस्टमसका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।
आईएसओ ९००१ः२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधाहरु प्रदान गर्न पाइने गुणस्तरको प्रमाणीकरण हो । यो त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनि हो ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले आईएसओ ९००१ः२०१५ प्रमाणीकरणसँगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहअरु ग्राहकहरुकै चाहनाअनुरुप डिजिटल बैंकिङका प्रोडक्टहरु ल्याउने जानकारी दिनुभयो ।
बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले अब बैंकका सेवासुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकायहरुको सबै नियमहरुको पालना गरी अगाडि बढिरहेको संस्था भएको पुष्टि भएको बताउनुभयो । उनले आगामी दिनहरुमा ग्राहकहरुकै सेवामा केन्द्रित भएर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सिभिल बैंकका कुल शाखा ९६ छन् । यो बैंकले सामाजिक उतरादायित्वको वहनसँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सारोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवासुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने पनि बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago