काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवाको शुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल(एल.आई.सी. नेपाल)सँग बैंकान्सुरेन्स सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एल.आई.सी.नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।

यो सम्झौतासँग अब बैंकले एल.आई.सी. नेपालको विविध जीवन वीमा योजनाहरु बिना झञ्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

बैंकले यसअघिदेखि  निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।