काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ६.५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
बैंकको आइतबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
यो प्रस्ताव पारित भएसँगै बैंकले आफ्ना सेयरधनीलाई ६.५७ प्रतिशतका दरले हुनआउने रु.५२,५८,२२,७०१।५८ (अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाईस हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा मात्र) नगद लाभांश वितरण गर्नुपर्नेछ ।
साथै सभाले आ.व. २०७६/०७७ को लेखापरिक्षण गर्नको लागि एनबीएसएम एण्ड अशोसिएट्सलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय समेत गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्तदुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago