काठमाण्डौ । सिभिल बैंक लिमिटेडले निर्जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एभरेस्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।
यस सम्झौताबाट एभरेस्ट इन्स्योरेन्सको निर्जीवन वीमा सेवालाई बिना झञ्झट प्रदान गरी आफ्ना ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।साथै बैंकले यसअघि मेटलाइफ र एल.आई.सी. नेपालसंग सम्झौता गरी जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago