civil bank limited
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६, गौंडामा २०७४ फाल्गुन २६ गते र ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङमा २०७४ फाल्गुन २७ गते छुट्टाछुट्टै कार्यक्रमबीच नेपाल राष्ट्रबैंकका संचालक रामजी रेग्मीले समुद्घाटन गरे ।
ती शाखाहरुको उद्घाटन समारोहहरुमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मी, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर घले, क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेस गुरुङ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत सर्वसाधारणको समेत बाक्लो उपस्थिति थियो ।
राष्ट्रबैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुननसक्ने बताउँदै स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्रबैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पुर्याउने नीतिअनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन जारी गरेको बताए ।
सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेको बताए । ग्रामीण भेगका नागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । नेपाल राष्ट्र बैंकले हरेक महानगरपालिका/नगरपालिका/गाउँपालिकामा बित्तीय पहुँच पुर्याउने नीतिअनुरुप सिभिल बैंकले हालसम्म कुनै पनि बैंकको पहुँच नपुगेको ठाउँहरुमा शाखा बिस्तार गर्दै गरेको बताए ।
कार्यक्रममा स्थानीयले पञ्चेबाजासहित स्वागत गर्दै स्थानीय स्तरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गरेका थिए । साथै आमा समूह, युवाक्लब, बाल समूहले साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए ।
सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु.२१ करोड ६५ लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशतको वृद्धि हो) खुद नाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखासहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago