काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।

अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन वीमाका योजनाहरु ल्याईएको कुरा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सो अवसरमा बताएका थिए ।

सिभिल बैंकले यसअघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ र एल.आई.सी. नेपाल तथा थुप्रै निर्जीवन वीमा कम्पनीहरुसँग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।