Special AGM of Civil Bank Limited
काठमाण्डौ । सिभिल बैंक लिमिटेडमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेड(आइएलएफसी)लाई गाभ्ने(मर्जर) सम्बन्धी प्रस्तावलाई बैंकको विशेष साधारणसभाले स्वीकृत गरेको छ ।
विशेष साधारणसभाले दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनअनुसार सिभिल बैंकको प्रिमियम मूल्यसहितको प्रतिशेयर १११.०८ रूपैयाँ बराबर इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीको ८३ रूपैयाँ कायम हुने प्रस्ताव पारित गरेको हो ।
अब सिभिल बैंकका शेयरधनीलाई एककित्ता बराबर ११.८ रूपैयाँ प्रिमियम प्रदान गरिनेछ भने फाइनान्सका लगानीकर्तालाई प्रतिकित्ता सिभिल बैंकको ०.८३ कित्ता शेयर दिइनेछ ।
सिभिल बैंकमा सो फाइनान्स गाभिएपछि बैंकको चुक्तापूँजी ५ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि बैंकको नाम सिभिल बैंक लिमीटेड नै रहने र बैंकको संचालक समिति एवम् उच्च व्यवस्थापनमा कुनै परिवर्तन नहुने बैंकले जनाएको छ । मर्जरपछि बैंकको शाखा संख्या ५३ हुनेछ । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३३.६६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago