काठमाण्डौ । सिभिल बैंक लिमीटेडले खूद नाफा ४६.३४ प्रतिशतले वृद्धि गरेको छ । 

आर्थिक वर्षको २०७१/७२ को तुलनामा आब २०७२/७३ मा खूद नाफामा राम्रो प्रगति हासिल भएको हो । 

बैंकको नाफा २३ करोड रहेकोमा यो वर्ष बढेर ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ । 

यो बैंकले संचालन नाफातर्फ पनि राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ३ लाख रहेको संचालन नाफा बढाएर २७ करोड १७ लाख पुर्याइएको हो । 

सिभिल बैंकको चुक्तापूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५३ करोड २७ लाख रुपैयाँ रहेको छ । 

खूद ब्याज आम्दानी पनि बढेको छ । ८५ करोड ७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । 

बैंकले ३१ अर्ब ५६ करोड निक्षेप संकलन गरी २५ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २६ अर्ब ६५ करोड निक्षेप संकलन गरी २२ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको निक्षेप कर्जा अनुपात(सीडी रेसियो)७५.७८ प्रतिशत कायम भएको छ भने निस्क्रिय कजाृ २.७० प्रतिशत छ । 
सिभिल बैंकको प्रति सेयर आम्दानी १०.७५ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११७.३१ रुपैयाँ र पीई रेसियो २३.७२ गुणा रहेको छ ।