काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख खूद नाफा आर्जन गरेको छ ।
आइतबार बैंकको मोरंगको विराटचौकमा स्थापित शाखाको समुद्घाटन समारोहमा बैंकका अधिकारीहरुले यो तथ्यांक प्रस्तुत गरेका हुन् । बैंकले अघिल्लो वर्षको यही अवधिको तुनलामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको नाफा ६७९.१८% ले बढी हो ।
कुनै बेला कमजोर वाणिज्य बैंकहरुमध्येमा पर्ने सिभिलको व्यवस्थापनमा नयाँ नेतृत्व पाएसँगै कमालको प्रगति हासिल गर्दै गएको छ ।
यसैबीच, बैंकको मर्जरबाट प्राप्त भएको शाखासहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा संचालनमा ल्याईएको बैंकले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।
सो शाखाको समुद्घाटन सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले गरे । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायी, सर्वसाधारण लगायतको सहभागिता थियो।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले सो अवसरमा बताए ।
बैंकले शेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गरिसकेको छ । हकप्रद शेयरको पूँजीकरणपछि बैंकको पुँजीकोषमा रहेको रकम र गतआ.व.को नाफाबाट बैंकको चुक्तापुँजी रु ८ अर्ब पुर्याउने योजना रहेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago