काठमाण्डौ । सिभिल बैंकले ‘कमर्ज बैंक व्यापार अवार्ड २०१७’ प्राप्त गरेको छ । 

कमर्ज बैंकसँग अन्तराष्टिय व्यापारमा उत्कृष्ट साझेदारी गरेबापत सिभिललाई प्रदान गरिएको बताइएको छ । 

आइतबार कमर्ज बैंक, फ्रान्कफर्ट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफन मन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरीएको बैंकले जनाएको छ ।