काठमाण्डौ । सिभिल बैंकले निकै ठूलो कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले केही समयअघि हकप्रद सेयरको बिक्री खुल्ला गरी आवदेन मागेकोमा निकै ठूलो कित्ता सेयर बिक्री नभएपछि बोलकबोलबाट बिक्री गर्न लागेको हो ।
यो बैंकले फागुन २३ देखि संस्थापक समूहतर्फको ३२ लाख ४४ हजार ६००.२५ कित्ता सेयर र सर्वसाधारण समूहतर्फको ९ लाख ९४ हजार ३ सय ५८.७५ कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो ।
यो बैंकको साधारण समूहतर्फको सेयर खरीद गर्न चाहने जोकसैले चैत १ गतेभित्र के कतिमा सेयर खरीद गर्ने हो मूल्य समे तोकी आवेदन दिनसक्ने बताइएको छ । संस्थापक सेयर अक्सनबाट खरीदका लागि चैत १ गतेभित्र नै बैंकका हाल कायम संस्थापक सेयरधनीले आवेदन दिनसक्नेछन्।
बोलकबोलमा सहभागी हुनका लागि बोलपत्र आवेदन लक्ष्मी क्यापिटलको बानेश्वरस्थित कार्यालय र लक्ष्मी बैंक लिमीटेडका उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट समेत फारम पाइने तथा बुुझाउन सकिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago