civil bank limited
काठमाण्डौ । नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी हजारौं विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने गरेका छन् । तर, ती विद्यार्थीहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परिप्रेक्ष्यमा अब सिभिल बैंकको कुनै पनि शाखा गई अनलाईन फि पेमेन्ट गर्न सक्ने छन् ।
विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परीक्षाहरु स्याड, जीआरई, जीम्याट, एसीटी, यूएसएमएलईको रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तर्राष्ट्रिय कोर्स एसीसीए लगायत अन्य अनलाईन कोर्सहरुकोे रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरुले सहजै रुपमा सिभिल बैंकका शाखाहरुबाट भुक्तानी गर्न सक्नेछन् ।
देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि अपरिहार्य उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले अब सिभिल बैंकको ६८ वटामध्ये ग्राहकहरुलाई पायक पर्ने कुनै पनि शाखामार्फत बिना झञ्झट भुक्तानी गर्नसक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले हालसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेका र रु.४० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु.३९ अर्ब भन्दा बढी कर्जा परिचालन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago