civil bank limited
काठमाण्डौ । सिभिल बैंक लिमिटेडका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना/मृत्यू बीमा कार्यक्रमअन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंशराज थारुको दुर्घटनामा परी मृत्यू भएपछि बीमाको रकम मृतकका श्रीमती शान्तीदेवी थारुको नाममा बैंकले उपलब्ध गराएको छ ।
नारायणघाटमा आयोजित एक कार्यक्रमबीच बैंकका चिफबिजिनेस अफिसर सुजितकुमार शाक्यले रु १७४,२४०/– को चेक मृतकका सुपुत्री निर्मला थारुलाई हस्तान्तरण गरेका हुन् ।
निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दूर्घटना/मृत्यू बीमाबापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भए पनि राहत पुर्याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए ।
बैंकले यसअघि पनि २०७२ को महाभूकम्पलगायत अन्य दुर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको ४ गुणा वा अधिकतम रु.पाँच लाखसम्म(जुन न्यून छ) को बीमाको रकम उपलब्ध गराएको कुरा पनि बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago